वर्षाले रोकियो भारत र पाकिस्तानबीचको खेल
काठमाडाैं | भदौ १६, २०८०
तस्बिर फाइल
काठमाडौं: एसिया कपअन्तर्गत शनिबार समूह ‘ए’मा भारत र पाकिस्तानबीचको खेल भारी वर्षाका कारण रोकिएको छ।
श्रीलंकाको पालेकेले मैदानमा ४.२ ओभरको खेल चलिरहँदा वर्षा भएको थियो। अम्पायरले तत्काल खेल रोक्ने निर्णय गरेका छन्।
पिच र मैदानमा कर्भर राखिएको छ। भारतले पहिलो ब्याटिङ गरी विना विकेटको क्षतिमा १५ रन बनाएको छ। भारतका कप्तान रोहित शर्माले १८ बलमा दुई चौकाको सहयोगमा ११ रन जोडेका छन्। अर्का ओपनर सुभमान गिलले आठ बल खेलेका छन्। उनले रन जोडेका छैनन्।
पाकिस्तानका फास्ट बलर साहिद साह अफ्रिदीले २.२ ओभरमा ११ रन र नसिम साहले दुई ओभरमा तीन रन दिएका छन्।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

